१२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेसडर बनेका छन् ।
यस कम्पनीले आफ्नो उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पूर्व कप्तान खड्कालाई आफ्नो ब्राण्ड एमबेस्टरको रूपमा नियुक्त गरेको हो । कम्पनीले आफ्नो बजार प्रवद्र्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरूलाई समेत ब्राण्ड एम्बेसडर नियुक्ति गरिसकेको छ । पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सहकार्यका लागि हातहरू अगाडी बढाएको हो । उनीसँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै जस्मिन पेन्ट्सको उत्पादनहरूलाई प्रवद्र्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीको छ ।
बिगत ३१ वर्ष देखि निरन्तर नेपाली ग्राहकहरूको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू बाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरी २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा र्पुयाइरहेको छ ।