१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले हतारिएर बीआरआईमा कार्यान्वयन सम्झौता गर्न नहुनेमा जोड दिएका छन् ।
आज काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा डा.महतले यस्तो बताएका हुन् । उनले नेपालको ऋण लिने स्थिति नै नभएकाले तत्काल अनुदान लिने र अरु विषयमा सोच्नै नहुने बताए । ऋण लिँदा भावनामा बगेर र हचुवामा नभइ दीर्घकालीन सोच राखेर ऋणका सम्बन्धमा निर्णय गर्नुपर्ने उनको भनाई छ ।
यस अघि चिनियाँ राष्ट्रपति सि जिनपिङले गरेको अनुदान पनि कार्यान्वयन नभएको भन्दै नयाँ सम्झौतामा जान नहुने उनले बताए । बीआरआईमा कनेक्टिभिटी प्रोजेक्ट अन्तर्गत टोखा-छहरे सडक अगाडि बढाउने, सीमाका कमजोर सडकलाई व्यवस्थित बनाउने, पाँचखाललाई बिजनेस हब बनाउने, उद्योग खोल्नेदेखि रोड सञ्जालमा अनुदान स्वीकार्न तयार रहेको उनले बताए ।