|  

देशैभर बढ्यो चिसोः अस्पतालमा बिरामीको घुँइचो 

१२ मंसिर, काठमाडौं । पछिल्लो केही दिनयता देशैभर चिसो बढेको छ ।

चिसोका कारण मकवानपुरसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।  शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको छ । हाल दैनिक ६० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।