१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन । मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा पुनः नेपाल फर्किएर प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन ।