१३ मंसिर, काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीको हत्या गरेका छन् ।
जिल्लाको मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको आज बिहानपख साढे एक बजेको समयमा साबेलले हिर्काएर हत्या गरेका हुन । टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेका थिए । उनीहरू दुवै जना प्रायजसो लोप्चनको घरमा सुत्ने गर्दथे । लोप्चनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।