|  

युइएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित

१३ मंसिर, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गय राति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २-० ले पराजित गरेको हो । जितसँगै लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले पाँच खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ ।

यता, रियल मड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो । पाँच खेलबाट मात्र ६ अंक रहेको रियल २४ औँ स्थानमा छ ।