|  

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाले पाइन भ्रष्टाचार मुद्दामा सफाइ

१३ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई बुधबार बङ्गलादेश उच्च अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

त्यसपछि उनले अमेरिकी दूतावास पुगेर आफ्नो भिसा आवेदन प्रक्रिया पूरा गरिन् । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित पछि उनी अमेरिकी भिसाका लागि पुगेकी हुन् । ट्रम्प आगामी जनवरी २० मा पदको सपथ लिनेछन । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरूका अनुसार ७९ वर्षीया खालिदा जिया गम्भीर स्वास्थ्य समस्यासँग जुझ्दै छिन । उनलाई कलेजो, मिर्गौला, मुटु, फोक्सो र आँखा सम्बन्धी समस्या छ ।

उनी उपचारका लागि अमेरिका जान लागेकी हुन् । खालिदालाई बेलायत र त्यहाँबाट अमेरिका वा जर्मनी जान दिइनेछ । खालिदाविरुद्ध २०१८ मा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगको सरकारमा उनलाई सात वर्षको जेल र १० लाख टाका जरिवाना पनि गरिएको थियो ।