|  

रविको विषयमा गलत सूचना प्रवाह नगर्न कास्की प्रहरीको आग्रह

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विषयमा गलत सूचना प्रवाह नगर्न जिल्ला कास्की प्रहरीले आग्रह गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक विज्ञप्ति जारी गर्दै अपराध अनुसन्धान तथा कारबाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिन सञ्चारमाध्यमहरुलाई आग्रह गरेको हो । आधिकारिक स्रोतविना नै अधिकृत भनी स्रोतको रूपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषणप्रति आफ्नो ध्यानाकर्षण भएको पनि कास्की प्रहरीले जनाएको छ ।