१३ मंसिर, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।
सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २४१ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल,
विविध ।
कार्यक्रम:-
मिति:- २०८१ मंसिर १३ गते, बिहिबार।
समय:- दिनको १:०० बजे ।
स्थान:- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
माननीय मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ।
सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ।
(सञ्जय दाहाल)
समिति सचिव