|  

कालिमाटीमा मृत भेटिएकी महिलामा लिभरको समस्या रहेको पुष्टि 

१३ मंसिर, काठमाडौं । काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुकाको लिभरको समस्याका कारण मृत्यु भएको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टमा यस्तो देखिएको हो । मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । उनको शव बोकेर हिँड्ने बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ । बोहराले शव काँधमा बोकेर सडकमा फालेका हुन । लागुऔषध सेवनकर्ता कवीन्द्र बोहरालाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो । उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।