१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको समन्वयमा सिंह र बालेनबीच भेटवार्ता भएको हो । केही दिनअघि नै भएको भेटवार्तामा काठमाडौं महानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, सौन्दर्यीकरण र संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच समन्वयको विषयमा छलफल भएको छ । २/३ दिन अगाडि नै उपप्रधानमन्त्री सिंह र बालेनबीच भेटर्वार्ता भएको तर, उक्त भेटवार्ताको फोटो भने वडाध्यक्ष तण्डुकारले समाजिक सञ्जाल फेसबुक मार्फत बुधबार साँझ मात्र सार्वजनिक गरेका छन् ।