|  

सरकारलाई दिएको समर्थन फिर्ता गर्दैनौँः जनमत

१३ मंसिर, काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने स्पष्ट पारेको छ । 

जनमतका पार्टी प्रवक्ता शरदसिंह यादवले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘केन्द्रमा समर्थन फिर्ता र मधेश सरकार परिवर्तनको कुरा अनावश्यक हो । सरकारलाई समर्थन फिर्ता गर्दैनौं । मधेश सरकारमा जनमतको सरकार निरन्तर रहन्छ ।’

सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो । जनमत पार्टीको सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए । पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए । सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताले आशंकाहरु व्यक्त भएका थिए ।