१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा नेपाल र चीन बीचमा संवाद भएर टुंगिने बताएकी छन् ।
चीन प्रस्थान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएकी हुन् । उनले परराष्ट्र नीतिमा वार्ता हुने भन्दै बीआरआई बारे पार्टीभित्र मतभिन्नता नभएको पनि दाबी गरिन ।
नेपाली कांग्रेस र एमाले बीचमा बीआरआईमा सहमति खोज्न कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री गगन थापा, एमालेबाट विष्णु रिमाल र युवराज खतिवडा रहेको कार्यदलले निरन्तर छलफल गरिरहेको छ ।