१३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
आज साँझ ५ बजे हवाई मार्गबाट काठमाडौं ल्याउन ल्याउन लागिएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन् । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ । काठमाडौंपछि चितवन लैजाने भनिएको छ ।