१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नजनाउने भएको छ ।
स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो । घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले जानकारी दिएका छन् । दल र स्वतन्त्र गरी कीर्तिपुरमा २० उम्मेदवार छन्। उम्मेदवारी मनोनयन पछि दुईजनाले अर्कोलाई समर्थन गर्ने निर्णय लिएका छन्। एकीकृत समाजवादीका भानु रिजालले माओवादीलाई र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले राजमान मानवलाई सघाउने निर्णय लिएका छन् ।
कीर्तिपुर नगर सभापति जयराम कार्कीको एकल सिफारिस भएपनि रास्वपाले उम्मेदवार उठाएको छैन ।