|  

देश विकासका लागि एमाले सरकारकाे खाँचो छः शंकर पोखरेल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई विकासको बाटोमा डोर्होयाउन एमालेको सरकार खाँचो रहेको बताएका छन् ।

आज कीर्तिपुरमा पार्टीको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् । एमालेका तर्फबाट उम्मेदवार रहेका डा. सुरेन्द्र मानन्धरलाई भोट माग्दै उनले देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता रहेको बताए । स्थिर राजनीति देशले खोजेको उनको भनाई छ ।