|  

रवि लामिछानेलाई काठमाडौँ ल्याइयो 

१३ मंसिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौँ ल्याइएको छ।

उनलाई अपराह्न ६ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि उनलाई काठमाडौँ ल्याइएको हो।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

सभापति लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।