१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।