१४ मंसिर, काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक / दूई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।