|  

इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता

१४ मंसिर, काठमाडौं ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ ।

नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए । यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो ।

नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ ।