१४ मंसिर, काठमाडौं । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई)मा हुने पहिलो खेल नेपाली समय अनुसार शुक्रबार बिहान १०ः४५ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ । आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ।