१४ मंसिर, काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालिदैछ ।
श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन् । भोलि पल्ट चतुर्दशी बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ ।
यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ । मातापिता दिवंगत भएको एक वर्ष नपुगेका सहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने गर्छन् ।
तर, माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् बताउछन ।