१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले एक जनालाई पक्राउ गरेको हो । सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन ।
केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए ।भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।