|  

रवि लामिछानेको आजको बयान सकियो

१४ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा रास्वपाका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शुक्रबार बिहानदेखि ६ घन्टासम्म बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । आइतबार थप बयान लिइने जिल्ला सरकारी वकिलले जनाएको छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो ।