|  

रामेछापकाे मन्थली नगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द 

१४ मंसिर, काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले आगामी आइतबार अत्यावश्यक बाहेकका सबै सेवा वन्द गर्ने भएको छ ।

आफ्नो १० औँ स्थापना दिवसको अवसरमा सार्वजनिक समारोहसहितको विशेष कार्यक्रमको आयोजना गरिने भएकाले उक्त दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरुबाट प्रवाह हुने सबै सेवा वन्द गर्ने जनाएको हो ।  नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै यसबाट आम नागरिकलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।