|  

रामेछाप दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो 

१४ मंसिर, काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा भएको दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।

आज दिउँसो अन्दाजी १ः३० बजेको समयमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा गाडी चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १० चिसापानीका ३५ वर्षीय हिरा बहादुर कार्की, रामेछापको गोकुलगंगा गाउँपालिका ५ बस्ने ३० वर्षीय कविता कार्की खड्का, कविताकी ७ वर्षीया छोरी स्वस्तिका खड्का र एक जना मृतकको नामथर, ठेगाना नखुलेको रामेछाप प्रहरीले जनाएको छ ।

काठमाण्डौँबाट रामेछापको बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ जना घाइते भएका छन । घाइते हुनेमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीका २७ वर्षीया सरस्वती कार्की र अन्दाजी ४ बर्षको नाम थर वतन नखुलेको बालकको मन्थली अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।