१४ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आज धनगढीमा सरोकारवालाहरूबीच छलफल भएको छ ।
प्रतिबद्ध तीन परियोजनाको शुभारम्भ बैठकको अवसरमा प्रदेशको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यमा नीतिगत तहबाटै काम गुर्नपर्ने छलफल भएको हो । बैठकमा सुदूरपश्चिम बहुप्रकोपको जोखिममा रहेको भन्दै सरोकारवालाहरूले प्रदेश सरकारले १२ महिना तयारी अवस्थामा बस्नुपर्ने धारणा राखेका थिए । त्यसक्रममा भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शित लहर जस्ता प्राकृतिक विपद्का कारण जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी प्रदेश सरकारले पूर्व तयारी तथा प्रतिकार्यका काम गर्नुपर्नेमा जोड दिइएको छ ।
सोही क्रममा प्रकोप विपद् जोखिम न्यूनीकरणका लागि र व्यवस्थापनलाई प्रभावकारी बनाउन भौगर्भिक अध्ययन, सामाजिक सुरक्षा प्रणाली निर्माण र समुदाय र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन । चालु आर्थिक वर्षमा सुदूरपश्चिममा विपद्का घटनाबाट ४० जनाको मृत्यु भएको छ भने १० करोड बढीको क्षती भएको छ । विपद्का घटनामा परेर सबैभन्दा बढी आगलागीबाट ११ जनाको मृत्यु भएको छ । त्यस्तै सर्पदंश र चट्याङका कारण ७र७ जना, हावाहुरी र बाढीका कारण ४/४ जना, जंगली जनावरका कारण ३ जना, पहिरोका कारण २ र भूकम्प तथा लेक लागेर १र१ जनाको मृत्यु भएको छ । उक्त अवधिमा ५७८ वटा विपद्का घटना भएकामा १८९ जना घाइते भएका छन ।