१५ मंसिर, काठमाडौं । शनिबार काठमाडौंको महाराजगन्ज क्षेत्रमा चार घण्टा विद्युत् अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको बासबारी फिडर र मण्डिखाटार फिडर अन्तर्गतका स्थानहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो ।
बसुन्धारा फिडर अन्तर्गत चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्रान्डी अस्पताल क्षेत्र लगातका ठाउँहरूमा विद्युत् अवरूद्ध हुनेछ।
त्यस्तै मण्डिखाटार फिडर अन्तर्गतका बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार लगायतका क्षेत्रमा विजुली अवरूद्ध हुनेछ।