१५ मंसिर, काठमाडौं । झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन् ।
राजकुमारलाई उर्लाबारी नगरपालिका– ७ र धिरजलाई पथरी शनिश्चरे नगरपालिका– १ जाँते रोडबाट पक्राउ गरिएको हो ।
गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टी–स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो ।
विस्फोटक पदार्थ राखेको ठाउँमा गिरीबन्धु टी–स्टेटको जग्गा कब्जा किन? , नेकपा (माओवादी) पूर्वकेन्द्रीय कमाण्ड लेखिएको पर्चा एक थान फेला परेको थियो।