१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीन भ्रमणमा जानु पर्ने भएकाले आफू एनपीएल उद्घाटन खेल हेर्न जाने मौका गुमाएको बताएका छन् ।
उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले आफू खेल हेर्न जान नपाए पनि सबै खेलाडीलाई सम्झिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ। एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन्,’ ।
कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग सुरु हुँदैछ ।