|  

अहिलेसम्मकै पातलो आईफोन ल्याउँदै एप्पल 

१५ मंसिर, काठमाडौं ।  एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउन लागेको जानकारी बाहिरिएको छ ।

आईफोन १७ एयर नाम हुने उक्त फोन अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने दाबी गरिएको छ । एप्पल विश्लेषक जेफ पु पछिल्लो समय बाहिरिएको विवरणमा सहमत छ ।

म्याक र्‍युमर्सलाई प्राप्त रिसर्च नोटमा विश्लेषक पुले आईफोन १७ एयर निकै पातलो हुने उल्लेख गरेका छन् । यो फोन ६ एमएम चौडाइको हुने दाबी गरिएको छ ।

यदि चौडाइ ६ एमएम नै भयो भने यसले केही रेकर्ड राख्नेछ । यसअघि एप्पलले सबैभन्द पातलो आईफोनका रूपमा आईफोन सिक्स ल्याएको थियो । यसको चौडाइ ६.९ एमएम थियो ।