|  

अब किशोर-किशोरीले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्ने नपाउने 

१५ मंसिर, काठमाडौं ।  टिकटकले किशोर-किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् । प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ ।

तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ ।

वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो ।