१५ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।
चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल साताव्यापी भ्रमणको लागि गएका हुन । खनालसहित पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन प्रस्थान गरेका छन । खनाल नेकपा एसका विदेश विभाग प्रमुख पनि हुन् । नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।