|  

रामेछापको गोकुलगंगा गाउँपालिकाभर भोलि शोक बिदा

१५ मंसिर, काठमाडौं । जीप दुर्घटनामा वडा अध्यक्षको ज्यान गएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकामा भोलि शोक बिदा दिइएको छ ।

गाउँपालिकाले शोकपत्र जारी गर्दै भोलि गाउँपालिकाभर शोक बिदा दिएको जानकारी गराएको हो । शुक्रबार काठमाण्डौबाट गोकुलगङ्गातर्फ गइरहेको जीप दुर्घटना हुँदा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो । जीप दुर्घटनामा परी वडाअध्यक्ष बस्नेत सहित ५ जनाको ज्यान गएको थियो । भने तीन जना घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । जीप सडकबाट झन्डै ३ सय मिटर तल खसेको थियो ।