|  

चीन भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ४६ सरकारी प्रतिनिधि सहभागी

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ४६ जना सरकारी प्रतिनिधि हुनेछन ।

जसमा ओलीकी पत्नि राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, सांसदहरु अर्जुनरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, रेखा शर्मा, दीपक कार्की, रञ्जिता श्रेष्ठलगायत छन् ।

त्यस्तै,नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल पनि भ्रमणमा जाँदैछन । यसबाहेक विभिन्न क्षेत्रका ३६ जना उद्योगी–व्यवसायी पनि चीन जानेछन । ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । २० गते स्वदेश फर्किनेछन् ।