१६ मंसिर, काठमाडौं । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शस्त्र प्रहरीका सई लक्ष्मण यादव रहेका छन् । यादवको बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो । गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो ।
ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।