१६ मंसिर, काठमाडौं । कारोबारको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेको हो । जस अनुसार आज
छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यता आज चाँदी तोलामा पाँच रुपैयाँ घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।