१७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा एमालेका सुरेन्द्र मानन्धरले ६६६ र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४६५ मत पाएका छन् । यता स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन् ।