|  

कीर्तिपुर मेयरमा कृष्णमान डंगोलको अग्रता कायमै, पछ्याउँदै  एमालेका  मानन्धर

१७ मंसिर, काठमाडौं ।  काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सोमबार बिहान ९ः३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका हुन्।डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन्।

डंगोललाई एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले ९७८ मत ल्याएका छन्। यता 
माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।