१८ मंसिर, काठमाडौं । कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन प्रतितोला१ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।