१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ जना सहपरीक्षा नियन्त्रक नियुक्त गरेको छ ।
उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो ।
नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलौनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको हो।
त्रिविले पर्याप्त मेरिटोक्रेसीका आधार, मार्कको आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको स्रोतले जनाएको छ ।