|  

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

१८ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

साइबर अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रसाईँलाई गत मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा अर्बौँको लगानी रहेको गलत भिडियो सम्प्रेसण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।