|  

प्रधानमन्त्री ओली–सीपीसी अध्यक्ष भेटवार्ता

१८ मंसिर, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो ।

साथै, दुई नेताले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र सीपीसीका गतिविधि एवं राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ली छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।