|  

एनपीएलमा काठमाडौँको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार

१९ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं खेलमा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कर्णाली याक्सले पाच विकेट गुमाएर १५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउदै पुरा गरेको हो।