|  

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप,केही प्रहरी र प्रदर्शनकारी घाइते

१९ मंसिर, काठमाडौं । चितवनमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गर्‍यो ।चितवनमा सहारा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएसँगै उनका समर्थकले निरन्तर प्रदर्शन गरिरहेका छन् ।