|  

नेपाल टेलिकमको रिचार्ज गर्दा बोनस पाइने

१९ मंसिर, काठमाडौं ।  नेपाल टेलिकमले प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । 

टेलिकमले रिचार्ज कार्डको अलवा विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । ५० देखि ९९ रूपैयाँ रिचार्ज गर्दा ३ दिनका लागि आफ्नो नेटवर्कभित्र २० मिनेटको भ्वाइस कल बोनस पाइनेछ ।

यस्तै, १०० देखि १९९ रूपैयाँ रिचार्ज गर्दा ३ दिनका लागि ५० मिनेट, २०० देखि ४९९ रूपैयाँ रिचार्ज गर्दा एक दिनमा १ जीबी खर्च गर्नेगरी २ दिनका लागि २ जीबी डेटा र ५०० रूपैयाँभन्दा माथि रिचार्ज गर्दा एक दिनमा २ जीबी खर्च गर्न पाउनेगरी ४ दिनका लागि ८ जीबी डेटा उपलब्ध हुनेछ । मंगलबारदेखि सुरू भएको यो सुविधा आउँदो पुस १७ गतेसम्म जारी रहने छ ।