|  

राष्ट्रपतिको गरियो पोटेस्टको शल्यक्रिया

१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । उपचारमा समलग्न एक चिकित्सकका अनुसार राष्ट्रपति पौडेललाई क्याबिनमा सार्ने तयारी गरिँदै छ । राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गरिएको चिकित्सकले बताए ।