२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।
पहिलो जीतको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।