२० मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे ।
यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । उनी रसिद खानको बलमा आउट भएका हुन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे । २५ बल खेलेका उनले ३ चौका र ३ छक्कासमेत प्रहार गरे ।
इङ्ल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका सुदूरपश्चिमका ओपनर सैफ जाइबको ब्याटिङ आजको खेलमा चल्न सकेन । उनी ९ बलमा ११ रन जोडेर पवेलियन फर्किए ।
अर्का ओपनर विनोद भण्डारीले भने २८ बलमा ३५ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।
काठमाडौंका लागि रसिद खानले सर्वाधिक दुई विकेट लिए । करण केसी, गेर्हार्ड इरास्मस र शाहब अमालले समान १९१ विकेट लिए ।