२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ओरालो लागेको छ ।
आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४.९३ अंकमा बन्द भएको हो । आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ । आज कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले घाटा बेहोरेका छन भने ४० कम्पनीले नाफा कमाउँदा ३ को स्थिर रहेको छ । खानीखोला हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । ती कम्पनीको शेयर क्रमशस् ९.९८, ९.८५ र ९.८१ प्रतिशतले बढेको छ ।
यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ८.३७ प्रतिशत गुमाएका छन् । आज कारोबार रकम पनि घटेको छ । बिहीबार ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएकोमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।